प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चैत्र २०७९
सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०७९-१२-२७

प्युठान, सरुमारानी गाउँपालिका-६ मोतिपुरस्थित सडकमा बिजुवारदेखि दाङतर्फ जाँदै गरेको लु.३ च ३८५५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दाङ लमही नगरपालिका-७ नयाँ बस्ती बस्ने २२ वर्षीय सत्यनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक सहित २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०७९-१२-१९

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-९ चम्पापुरस्थित सडकमा रोकी राखेको ग.१ ख ३८३५ नम्बरको ट्रकमा रा.३ प ७६७० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विजयनगर गाउँपालिका-४ त्रिपालनगर बस्ने २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रुखबाट लडी मृत्यु
२०७९-१२-१५

जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका-८ सानोलिवाङ घर भई हाल जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका-४ गमालिचौरमा स्थित माईति घरमा विगत ३ बर्ष देखि बस्दै आएकी गणेश बस्नेतको श्रीमती बर्ष ३२ कि कामना घर्ति बस्नेत माईती घरदेखि अन्दाजी १ कि.मि.दक्षिण तर्फ रहेको मेलखोस्री वनमा काफलको रुखमा चढेर काफल टिप्ने क्रममा काफलको रुखबाट खसेर सिरियस घाईते भएको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई बुझ्दा निज घाईतेलाई उपचारको लागी दाङ तर्फ लैजाने क्रममा ऐ.ऐ. ४ गमालीचौर भन्ने स्थानमा ऐ.ऐ. स्थित रहेको सिमपानी स्वास्थ्य चौकी प्रमुख धन बहादुर घर्तिले मृत घोषणा गरेको, उक्त लास माईती घरमा ल्याई राखेको, निजको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश रहेको, निजको २ छोरी रहेको, घर पक्ष पनि आईसकेको, थप अनुसन्धान कार्य भईरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<